न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, रुपैठा ले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान सुरु गरेको छ।
विद्यालयले नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै टोलटोलमा पुगेर अभिभावकहरूलाई भेला गराई प्रोजेक्टरमार्फत विद्यालयका गतिविधि, शैक्षिक क्रियाकलाप, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै बालबालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरिरहेको जनाएको छ।
विद्यालयका अनुसार भर्ना मिति वैशाख १५ गतेदेखि २० गतेसम्म तोकिएको छ भने कक्षा सञ्चालन वैशाख २१ गतेदेखि नियमित रूपमा सुरु हुनेछ।
विद्यालयले अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री कक्षा, समृद्ध पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद, कला तथा संस्कृतिसहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको जनाएको छ। साथै कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन तथा प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषय सञ्चालन भइरहेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक धिरेन्द्र चौधरी ले “बालबालिकाको अधिकार, शिक्षा नै आधार” भन्ने मूल नारासहित सबै अभिभावकलाई आफ्ना बालबालिकालाई समयमै विद्यालयमा भर्ना गराउन आग्रह गर्नुभयो।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…