बालेन सरकारलाई मधेशका जनताको सुविधा नखोस्न गगन थापाको चेतावनी
बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह गरे । सभापति थापाले भने, ‘ प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाण्डु जानु पर्दैन भन्नुभएको थियो । म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो । तर वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ । कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस् ।’ पेट्रोलियम पद्धार्थको महँगी बढाएर जनताको भान्सामा बिजोक भएको बताए । सभापति थापाले थप्दै भने, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो

२०८३ बैशाख १७ बिहीबार, बिहान ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन् ।
बुधबार सभापति थापाले पार्टीको कार्यक्रममा बोल्दै मधेशका जनताको सुविधा नखोस्न आग्रह गरे । सभापति थापाले भने, ‘ प्रधानमन्त्रीजी जनकपुरमा आउँदा यहाँका मानिसहरू अधिकार माग्न काठमाण्डु जानु पर्दैन भन्नुभएको थियो । म उहाँलाई काठमाडौं जानु नपर्ने धेरै परको कुरा हो । तर वर्षौँदेखि यहाँका नागरिकहरूले व्यावहारिक रूपमा पारी गएर सामान किनमेल गर्दै गर्दा आएको सुविधा जुन प्राप्त भएको छ, तपाईँको सरकारले त्यो सुविधा खोसेको छ । कृपया त्यो सुविधा सुचारु गरिदिनुहोस् ।’ पेट्रोलियम पद्धार्थको महँगी बढाएर जनताको भान्सामा बिजोक भएको बताए । सभापति थापाले थप्दै भने, ‘यो भन्दा अगाडिको सरकारले पनि लगाएको थियो । कांग्रेस सरकार हुँदा पनि । तर, यी विषय यो भन्दा अगाडि पनि गलतलाई गलत भन्दै आएको हो। म सम्झन्छु, अहिले पनि म भन्छु, त्यो गलत छ ।’
सिमानामा गएर १०० रुपैयाँको सामान ल्याउँदा गृहिणी महिलाको झोला कोतल्नु उपयुक्त नभएको सभापति थापाको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…