भारतमा गाईलाई ‘राष्ट्रमाता’ घोषणा गर्न आह्वान, आज देशव्यापी प्रदर्शन

२०८३ बैशाख १४ सोमबार
बिहान ०८:१९ बजे
न्यूज ब्यूरो, डेस्क

नयाँ दिल्ली | भारतमा गाईलाई ‘राष्ट्रमाता’ घोषणा गर्नुपर्ने माग पुनः चर्किएको छ । विभिन्न धार्मिक अगुवा, साधु–सन्त तथा गोरक्षा अभियानसँग आबद्ध समूहहरूले देशव्यापी रूपमा दबाबमूलक कार्यक्रम सुरु गरेका छन् ।

हालै आयोजित विभिन्न धार्मिक भेलाहरूमा सहभागी साधु–सन्तहरूले गाईलाई राष्ट्रमाताको संवैधानिक मान्यता दिन सरकारसँग माग गरेका हुन् । उनीहरूले गाई हिन्दू धर्म, संस्कृति तथा ग्रामीण अर्थतन्त्रको आधार भएकाले यसको संरक्षणलाई राष्ट्रिय गौरवसँग जोड्नुपर्ने बताएका छन् ।

अभियानकर्ताहरूले देशभर चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअन्तर्गत विभिन्न जिल्लामा ज्ञापनपत्र बुझाउने, र्‍याली आयोजना गर्ने तथा केन्द्र सरकारलाई निर्णयका लागि दबाब दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

उनीहरूको मुख्य मागमा गाईलाई ‘राष्ट्रमाता’ घोषणा गर्नु, देशभर एकरूप गोरक्षा कानुन लागू गर्नु तथा गाई वध पूर्ण रूपमा प्रतिबन्ध लगाउनु रहेका छन् ।

यस विषयले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ । केही धार्मिक नेताहरूले प्रदेश तहमा ‘राज्यमाता’ घोषणा गर्नसमेत आग्रह गरेका छन् । तर, सरकार पक्ष भने यस विषयमा सतर्क देखिएको छ ।

भारत सरकारले यसअघि संसदमार्फत गाईलाई राष्ट्रिय जनावर वा राष्ट्रमाता घोषणा गर्ने कुनै योजना नरहेको जनाएको थियो । केही सरकारी प्रतिनिधिहरूले गाईलाई समाजमा पहिलेदेखि नै ‘माता’का रूपमा सम्मान गरिएको भन्दै कानुनी घोषणा आवश्यक नभएको धारणा राखेका छन् ।

भारतमा गाईलाई धार्मिक रूपमा पवित्र मानिन्छ । धेरै राज्यहरूमा गाई वधमाथि कानुनी प्रतिबन्धसमेत छ । तर, यस विषयले सामाजिक तथा राजनीतिक बहससमेत निम्त्याउँदै आएको छ ।

पछिल्लो अभियानसँगै गाईलाई राष्ट्रमाता घोषणा गर्ने माग पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'नमुना' नै छैन धनुषाको गिद्धाबेलापट्टि स्कूल, झूठा प्रचारप्रसार गरी बर्षौदेखि भ्रममा राखिए अभिभावक

  • २०८३ बैशाख १४ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय, गिद्धाबेलापट्टीले आफूलाई “नमुना विद्यालय” भन्दै प्रचारप्रसार गर्दै आएको भए पनि त्यसको आधिकारिक आधारबारे गम्भीर प्रश्न उठेको छ।  विद्यालयले वर्षौंदेखि आफूलाई

पूरा पढ्नुहोस्

Bureau Menus