सरकारको स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । प्रदेश नं. २ बाट स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त भएका छन् । महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.सुरेन्द्र यादव स्वास्थ्यराज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालबाट स्वास्थ्य राज्यमन्त्रीमा नि

२०७५ साउन १८ शुक्रबार, दिउँसो २:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १८ साउन । प्रदेश नं. २ बाट स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त भएका छन् ।
महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.सुरेन्द्र यादव स्वास्थ्यराज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालबाट स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
सांसद यादव आजै साँझ स्वास्थ्य राज्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको जनाइएको छ । लामो मधेश आन्दोलनमा जनकपुरमा खाद्यान्न संकलन तथा वितरण अभियान चलाएका थिए । भने प्रगतिशिल मधेशी समाज गठन गरी आन्दोलनमा उर्जा प्रदान गर्नुको साथै आधा दर्जन गम्भीर घाइतेलाई निःशुल्क उपचार समेत प्रदान गरेका थिए
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…