एमालेको पोष्टर पम्पलेटबाट अध्यक्ष केपी ओली आउट

२०८३ बैशाख ८ मंगलबार
बेलुकी ५:१५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेकपा एमालेका प्रचार सामाग्रीबाट अध्यक्ष केपी शर्मा ओली आउट भएका छन् । 

पछिल्लो समय एमालेले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको हो । निर्वाचनमा समेत एमालेका उम्मेदवारहरूले आफ्नो प्रचार सामाग्रीमा अध्यक्ष ओलीको तस्बिर राखेका थिएनन् । 

यस्तै एमालेले भोलि (बुधवार) कम्युनिस्टको पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रमको प्रचार सामाग्रीमा पनि अध्यक्ष ओली गायब छन् । 

एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर देखिएको छैन । 

पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीको मात्र तस्बिर छ। एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्ने गरेको थियो। 

एमाले सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रम सम्बन्धी ५ बुँदे मापदण्ड जारी पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य कसैको पनि फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन भन्दै एमालेले पार्टी र जनसङ्गठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्न एमालेले त्यति बेला आन्तरिक सर्कुलर नै गरेको थियो। 

तर भदौ २३/२४ को जेनजी आन्दोलनपछि सत्ताबाट अपदस्त भएका ओलीलाई अहिले एमालेकै प्रचार सामाग्रीमा राख्न छाडेको हो । 

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको छ । केही एमाले नेता तथा कार्यकर्ताले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ बैशाख ८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus