गृहमन्त्री सुधन गुरुङ्गको राजीनामा मागेको आरोपमा ४ युवक पक्राउ
काठामन्डौँको सिँहदरबार परिसरबाट चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको राजीनामा मागेको भन्दै चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

२०८३ बैशाख ८ मंगलबार, दिउँसो ४:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सेयर काण्डमा मुछिएका गृहमन्त्री सुधन गुरुँगको राजीनामा मागेको भन्दै चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठामन्डौँको सिँहदरबार परिसरबाट चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको राजीनामा मागेको भन्दै चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…