'मन्त्रीलाई सुनै सुन, जनतालाई छैन नुन' भन्दै माइतीघरमा सरकारको मूल्यवृद्धि विरुद्ध प्रदर्शन
उनीहरूले पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेज गर्न र मूल्यवृद्धि समायोजन गर्न सरकारसँग माग गरेका छन् । साथै, महँगी नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड थियो ।

२०८३ बैशाख ३ बिहीबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले महँगी, कालाबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै विभिन्न नारासहित प्लेकार्ड बोकेका थिए । “बाँच्न दे सरकार”, “मन्त्रीहरूको सुनै सुन, जनतालाई छैन खाने नुन”, “घरमा हाम्रो बास छैन, किनभने ग्यास छैन” जस्ता नाराहरू प्रदर्शनमा उठाइएका थिए ।
उनीहरूले पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेज गर्न र मूल्यवृद्धि समायोजन गर्न सरकारसँग माग गरेका छन् । साथै, महँगी नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने उनीहरूको जोड थियो ।
प्रदर्शनलाई प्रतीकात्मक बनाउन सहभागीहरूले भान्सामा प्रयोग हुने कराही, डाडुपन्युँ लगायतका सामग्री पनि बोकेका थिए, जसले दैनिक जीवनमा मूल्यवृद्धिको असर देखाउने प्रयास गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…