जनकपुर यातायात कार्यालयबाट ५ जना बिचौलिया (दलाल) पक्राउ
सो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन्।

२०८२ चैत ३० सोमबार, राति ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको रूपमा काम गर्ने पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात व्यवस्था कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवाग्राहीहरूलाई अनावश्यक रूपमा झन्झट दिने, विभिन्न कानुनी समस्या देखाउँदै रकम असुल गर्ने र दुःख दिने कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
सो क्रममा प्रहरीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम–९ बस्ने ३२ वर्षीय सरोज भनिने मनोज कुमार महतो, जनकपुरधाम–१४ मुजेलिया बस्ने ४४ वर्षीय विजय कुमार यादव, मिथिलाबिहारी नगरपालिका–३ घर भई हाल जनकपुरधाम–७ बस्ने ४५ वर्षीय अरुण प्रसाद साह, जनकपुरधाम–८ बजरँग चोक बस्ने ३४ वर्षीय कन्हैया झा र हंसपुर नगरपालिका–५ सुगानिकास बस्ने २९ वर्षीय सुरेश साह रहेका छन्।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले सार्वजनिक सेवा कार्यालयहरूमा बिचौलियाको संलग्नता नियन्त्रण गर्न कडाइ गर्ने बताएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…