वैदेशिक रोजगार विभागका सुब्बा १५ हजार घुससहित रँगेहात पक्राउ
अख्तियारका अनुसार विभाग कार्यालय परिसर भित्र रहेको अनुसन्धान तथा मुद्दा शाखाको कम्पाउन्डभित्रको शौचालयबाट बाहिर निस्कंदै गर्दा ुसेवाग्राही प्रतिक्षालयु नजिकबाट उनलाई साँझ ५स्५४ बजे नियन्त्रणमा लिइएको थियो।

२०८२ चैत २८ शनिबार, बिहान १०:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्।
विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
मनाङीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिन भनि घुस मागेर दुःख दिएको भन्ने उजुरी सेवाग्राहीले अख्तियारमा गरेका थिए।
सोही उजुरीका आधारमा शुक्रबार उनलाई सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार विभाग कार्यालय परिसर भित्र रहेको अनुसन्धान तथा मुद्दा शाखाको कम्पाउन्डभित्रको शौचालयबाट बाहिर निस्कंदै गर्दा ुसेवाग्राही प्रतिक्षालयु नजिकबाट उनलाई साँझ ५स्५४ बजे नियन्त्रणमा लिइएको थियो।
उनको साथबाट थप ७७ हजार ६०० रूपैयाँ स्रोत नखुलेको रकम समेत बरामद भएको थियो। पक्राउ परेका मनाङीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…