महोत्तरीको एक मिठाई पसलमा समोसा भित्र भेटियो भ्यागुतो !
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१७ साउन । महोत्तरीमा संचालनमा रहेका अधिकांश होटेलहरुमा गुणस्तरहिण खाद्यय सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन वस्दा उपभोक्ताहरु ठगिन वाध्य भएका छन् । खाद प्रविधी तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रसासन कार्यालय लगायत स्थानिय निकायको फितलो अनुगमनले उपभोक्ताहरु खाद्यय

२०७५ साउन १७ बिहीबार, बिहान ९:१३ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी,१७ साउन । महोत्तरीमा संचालनमा रहेका अधिकांश होटेलहरुमा गुणस्तरहिण खाद्यय सामग्री भेटिने गरिएपनि नियमन निकाय मौन वस्दा उपभोक्ताहरु ठगिन वाध्य भएका छन् ।
खाद प्रविधी तथा गुण नियन्त्रक विभाग र जिल्ला प्रसासन कार्यालय लगायत स्थानिय निकायको फितलो अनुगमनले उपभोक्ताहरु खाद्यय तथा अन्य सामग्रीहरु खरिद गर्दा ठगिने गरेका छन् ।
मंगलवार मात्र गौशाला नगरपालिका स्थित एक मिठाई पसल संचालक ३० वर्षीय धवेन्द्र साहको शिव मिष्ठान मण्डारमा तयार पारिएको समोसा एक कार्यक्रमका आगन्तुकहरुलाई खान दिइएकोमा उक्त समोसा भित्र भ्यागुतो फेला परेको थियो ।
तत्कालै ईलाका प्रहरी कार्यालय गौशालामा खबर गरिएकोमा प्रहरीले तत्काल होटेल संचालकलाई नियन्त्रणमा लिएपनि कार्यवाही गर्ने आधिकारिक निकाय आफुहरु नभएको भन्दै स्थानिय उद्योग वाणिज्यसंघका पदाधिकारीको रोहवरमा उनलाई कागज गराएर छोडिएईका थिए ।
यता, महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बजारमा गुणस्तहीन सामग्रीको विगविगी हुन थालेको रिपोर्ट आफुकहा समेत आईरहेकोले तत्काल अनुगमनको पाटो प्रभावकारी वनाउन सवै ईलाका प्रसासन कार्यालय र जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृतहरुलाई निर्देशन दिईसकेको बताए ।
उनले हाल अनुगमनको पाटो स्थानिय निकायले हेर्ने भएपनि बजारमा गुणस्तरहिण सामग्रीको विगविगी वढ्न थालेकोले स्थानिय प्रसासन समेत चुप लागेर वस्न नमिल्ने भन्दैजनप्रतिनिधी, उद्योग वाणिज्य र संचारकर्मी लगायतका निकायसंग समन्वय र छलफल गरि प्रसासन सकृय रुपमा अनुगमनको पाटोलाई अगाडी वढाउने वताए ।
यसको लागि जनचेतना देखि सम्झाउने र कार्यवाही समेत गर्ने गरि पुर्णरुपमा एक्टिभ गरिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…