जनकपुर यातायात कार्यालयबाट दलाल र बिचौलिया भगाइए, सेवाग्राहीका लागि हेल्पडेस्क स्थापना
सेवाग्राहीहरुको लागि हेल्पडेस्क स्थापना गरिसकेको जनाउँदै कुनै सेवाग्राहीले दलाल, बिचौलियाको प्रभावमा नपर्न आग्रह समेत गरेको छ । निमित्त कार्यालय प्रमुख चन्देश्वर साहले जारी गरेको सूचनामा कुनै सेवाग्राहीले काम छिटो, छरितो गराईदिने भनेर प्रलोभनमा नपर्न आग्रह गरेको हो ।

२०८२ चैत २२ आइतबार, बिहान ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रहेको यातायात कार्यालयबाट बिचौलिया र दलाललाई भगाउने भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरले एक सूचना जारी गर्दै कार्यालय परिसरभित्र कुनै प्रकारको बिचौलियावाजी गतिविधि नगर्न चेतावनी दिएको छ ।
सेवाग्राहीहरुको लागि हेल्पडेस्क स्थापना गरिसकेको जनाउँदै कुनै सेवाग्राहीले दलाल, बिचौलियाको प्रभावमा नपर्न आग्रह समेत गरेको छ । निमित्त कार्यालय प्रमुख चन्देश्वर साहले जारी गरेको सूचनामा कुनै सेवाग्राहीले काम छिटो, छरितो गराईदिने भनेर प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
कार्यालयलमै नागरिक सहायता कक्ष स्थापना भईसकेको भन्दै आफ्नो पालो अनुसार काम गराउन आग्रह गरिएको छ । छ्टिो काम गराउने लोभमा दलाल, बिचौलियाको सहायता नलिन आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…