न्यूज ब्यूरो, अरब । यूएईको अबुधाबीस्थित हब्शन ग्यास प्लान्टमा ड्रोन र मिसाइलका अवशेष खस्दा भयावह अवस्था सिर्जना भएको छ। यस घटनामा एक जना इजिप्टेली नागरिकको मृत्यु भएको छ भने चार जना विदेशी नागरिक घाइते भएका छन्।
स्थानीय सञ्चार माध्यमका अनुसार ग्यास प्लान्टमा अचानक आगलागी भएपछि अफरातफरी मच्चिएको थियो। घाइतेमध्ये दुई जना पाकिस्तानी र दुई जना इजिप्टेली नागरिक रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको र तत्काल उद्धार गरेर अस्पताल पुर्याइएको जनाइएको छ।
गल्फन्युजको रिपोर्ट अनुसार हवाई सुरक्षा प्रणालीले आक्रमणलाई बीचमै निष्क्रिय पारे पनि त्यसका भग्नावशेष ग्यास केन्द्रमै खसेका थिए। सोही क्रममा साइट खाली गराउने क्रममा एक इजिप्टेली नागरिकको ज्यान गएको हो।
यसअघि पनि शुक्रबार अजबान क्षेत्रमा यस्तै घटना हुँदा १२ जना घाइते भएका थिए, जसमा ७ जना नेपाली नागरिक रहेका थिए। घाइतेमध्ये एक नेपालीको अवस्था अझै चिन्ताजनक रहेको बताइएको छ भने अन्य पाँच जना भारतीय नागरिक घाइते भएका थिए।
अबुधाबीमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ, घटनाले फेरि एकपटक क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८२ चैत २१ शनिबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्


