गोलबजारमा भएको भ्रष्टाचार र कर वृद्धि बिरुद्ध सडकमा उत्रे नगरबासी
न्यूज ब्यूरो | सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४ र ०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न माग गर्दै सयौं नेता कार्यकर्ता नगरपालिकामा धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् । संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाली कांग्रेस, नयाँ शक्ति,

२०७५ साउन १६ बुधबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो |
सिरहा, १६ साउन । सिरहाको गोलबजार नगरपालिकाले वृद्धि गरेको कर फिर्ता र आर्थिक वर्ष २०७४ र ०७५ मा गरेको विकास निर्माणको खर्च सार्वजनिक गर्न माग गर्दै सयौं नेता कार्यकर्ता नगरपालिकामा धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् ।
संघीय समाजवादी फोरम, राजपा नेपाल, नेपाली कांग्रेस, नयाँ शक्ति, विवेकशील साझा, राप्रपा (प्रजातान्त्रिक) लगायतका पार्टीले हरहिसाब सार्वजनिकसहित १३ माग २४ घण्टाभित्र पुरा गर्न मेयर देवनाथ साहलाई साउन ९ ज्ञापन पत्र बुझाएका थिए । तर माग पुरा नभएपछि ती दलहरुले चरणवद्ध आन्दोलन सुरु गरको जनाएको छ ।
साउन १४ र १५ गते नगरपालिकामा सयौं नेता कार्यकर्ता धर्ना बसेर आज जुलुस प्रदर्शन गरेका छन् । जुलुसमा स्थानीय नगरबासी सडकमा उत्रिएका थिए ।
जुलुस गोलबजारको बिभिन्न भागमा परिक्रमापछि नगरपालिका कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै विवेकशील साझाका प्रतिनिधि धनपति महतोले नगरपालिकाले खर्च विवरण सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
उनले यहाँका जनप्रतिनिधि आफुलाई राजा ठानेको आरोप लगाए । उनले आफ्ना नजिकका ब्यक्तिलाई गोप्य तरिकाले उपभोक्ता बनाएर ब्यापक अनियमिमता गरेको समेत आरोप लगाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…