बिबाहपञ्चमी सहभागि हुन लाखौ तिर्थालु जनकपुरमा
महोत्सवमा सुरक्षा व्यवस्था कडा

२०७४ मंसिर १९ मंगलबार, राति १०:२१ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ६ मंसिर ।
त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा सप्ताहव्यापी रुपमा मनाइने राम जानकी विवाह पञ्चमी भर्न लाखौ तिर्थालु जनकपुर आएका छन् ।
महोत्सवका अवसरमा जानकी मन्दिरलाई बेहुलीझै सजाईएको छ । जनकपुरमा प्रत्येक बर्षझै यसबर्ष पनि भब्य रुपमा बैबाहिक कार्यक्रमहरुको आयोगजना गरी रामजानकी विवाह महोत्सव मनाइँंदैछ । बिबाहपञ्चमी हरेक वर्ष मंसिर शुक्ल पन्चमी तिथिमा मनाउने गरिन्छ ।
त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ । आज दिउँसो साधुशन्तको अगुवाईमा झाकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघा पुग्ने छ । दुवै डोला बाह्र विघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयमम्बर कार्यक्रम गरिन्छ ।
तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने गर्दछ । डोला राम मन्दि र जानकी मन्दिरबाट निस्केपछि डोला हेर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । बैबाहिक कार्यक्रममाराम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।
सप्ताह व्यापी रुपमा मनाईने रामजानकी विहपञ्चमी महोत्सव , धनुषा यज्ञ , तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भईसकेको छ । त्यस्तै बिहिवार रामाजानकीको विवाह पश्चात शुक्रवार रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिनुभयो ।
विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन , झाकी ,नाचागान,भजनकिर्तन र भग्वानको रुपमा पूजाआजा समेत गन्छि । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।
त्यस्तै सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेकाछन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार ,आवस , निःशुल्क भोजन, तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गर्ने गर्दछन् ।
महोत्सवमा सुरक्षा व्यवस्था कडा
रामजानकी विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा बनाईएको छ । कुनै अप्रिय घट्ना हुन नदिन जनकपुरको चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धितालले यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सयौको संख्यामा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएिको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…