जिल्ला अदालतले निकाल्यो सूचनाः अब खाजाको समयमा पनि कार्य अवरुद्ध नहुने, सेवाग्राहीले सेवा पाउने
नयाँ सरकारको सुशासनको १०० कार्ययोजनामध्ये सरकारी कर्मचारी र सरकारी कार्यालयहरुमाथि लगाइएको यो नियम जिल्ला अदालत ललितपुरले लागू गरेको हो । खाजाको समय भन्दै यसअघि सेवाग्राही कुरिरहने, कर्मचारी नआउने, ढिला गरी आउने, समय बित्ने जस्ता समस्या हुँदै आएकोमा निर्मूल हुने भएको छ ।

२०८२ चैत १८ बुधबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ललितपुर । उपत्यका क्षेत्रभित्रको ललितपुर जिल्ला अदालतले सरकारको नयाँ नियमलाई पालना गर्ने भएको छ ।
ललितपुर जिल्ला अदालतले एक सूचना जारी गर्दै अब खाजाको समयमा समेत कार्य अवरुद्ध नहुने बताएको छ । मँगलबार एक सूचना जारी गर्दै जिल्ला अदालत ललितपुरले यसअघि आईतबारदेखि बिहिबारसम्म १ः३० देखि २ः३० सम्म र शुक्रबार १ः०० देखि २ः०० बजेसम्म खाजाको समय हुँदै आएकोमा अब सो अवधीमा पनि सेवा अवरुद्ध नहुने सूचना जारी गरेको हो ।
नयाँ सरकारको सुशासनको १०० कार्ययोजनामध्ये सरकारी कर्मचारी र सरकारी कार्यालयहरुमाथि लगाइएको यो नियम जिल्ला अदालत ललितपुरले लागू गरेको हो ।
खाजाको समय भन्दै यसअघि सेवाग्राही कुरिरहने, कर्मचारी नआउने, ढिला गरी आउने, समय बित्ने जस्ता समस्या हुँदै आएकोमा निर्मूल हुने भएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…