दोब्बर मूल्यले बढयो हवाई पेट्रोलियमको मूल्य, प्रतिलिटर कति पुग्यो ?
यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्‍याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो ।

२०८२ चैत १८ बुधबार, बिहान ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमले हवाई ईन्धन (पेट्रोलियम) को मूल्य दोब्बरले वृद्धि गरेको छ ।
निगमले मंगलबार गरेको समायोजनमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा झन्डै दोब्बर बढ्नेगरी मूल्य समायोजन गरेको छ ।
मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार एक हजार ७८५ डलर पुगेको छ ।
यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढाएर एक हजार ७३२ डलर पुग्दा भैरहवामा एक हजार ७१६ डलर पुर्याइएको छ । भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…