जनकपुरको यी डान्सबारमा यौन कार्य गर्न नमान्दा युवतिमाथि निर्घात कुटपिट, दुई जना पक्राउ
पीडितका अनुसार, उनीहरूलाई सुरुमा वेट्रेसको कामको प्रलोभन देखाएर भर्ना गरिएको थियो। तर, केही समयपछि व्यवस्थापन पक्षले ग्राहकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको उनीहरूको भनाइ छ।

२०८२ चैत १७ मंगलबार, दिउँसो ३:०८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित सँचालनमा रहेको एक डान्स बारमा कार्यरत युवतिलाई जबरदस्ती यौन धन्दामा लगाउन खोज्दा दुई जना पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया प्रहरीचौकीको अगाडीमै रहेको ब्लैक एण्ड ह्वाईट डान्सबारमा कार्यरत एक युवतिलाई जबरदस्ती यौन धन्दा गर्न धम्काएको तथा नमानेपछि बेल्ट र पाइपले निर्घात कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सो डान्स बारमा कार्यरत युवतीहरूमाथि भएको अमानवीय व्यवहारले पुनः श्रम शोषण र मानव बेचबिखनजस्ता गम्भीर अपराधतर्फ ध्यान केन्द्रित गराएको छ। आर्थिक अभावका कारण रोजगारीको खोजीमा पुगेका युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दा उनीहरूमाथि सामूहिक कुटपिट गरिएको घटना सार्वजनिक भएको हो।
मुजेलिया प्रहरीचौकीको करिब १०० मिटरकै दुरीमा ६ लेन सडकको पश्चिमपट्टि सँचालनमा रहेको “ब्ल्याक एण्ड ह्वाइट डान्स बार” मा युवतिमाथि अमानवीय व्यवहार भएको घटना बाहिरिउको हो ।
सो डान्सबारमा स्टाफको रुपमा कार्यरत ४ युवतिलाई डान्सबारमा जाने ग्राहकसँग यौन क्रियाकलाप गर्न बल गरेको युवतिहरुले दिएको उजुरीमा उल्लेख छ । घटनामा परेका चार जना युवतीहरू घाइते भएका छन् र उनीहरूले आफूहरूलाई योजनाबद्ध रूपमा शारीरिक तथा मानसिक यातना दिइएको गुनासो गरेका छन्।
पीडितका अनुसार, उनीहरूलाई सुरुमा वेट्रेसको कामको प्रलोभन देखाएर भर्ना गरिएको थियो। तर, केही समयपछि व्यवस्थापन पक्षले ग्राहकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिन थालेको उनीहरूको भनाइ छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…