न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेशको राजधानी क्षेत्र रहेको धनुषाको ढल्केवरस्थित एक होटलमा एक युवतिको लास फेला परेको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ६, ढल्केवरको एक होटलमा एकजना युवती मृत अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार ढल्केवरको पश्चिम चौकमा रहेको जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान करिब साढे ११ बजे पोखरा महानगरपालिका वडा नं. १३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव फेला परेको हो। उहाँले शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको जानकारी दिनुभयो। घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ।
प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया मुचुल्का पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
यता स्थानीयहरुका अनुसार ढल्केवरको केही गेष्ट हाउस र होटेलमा युवती राखेर अवैध क्रियाकलाप संचालन हुँदै आएको छ ।
सउदी, कतार, दुबईमा समाजिक सँजालमार्फत अफवाह फैलाउने ११ नेपाली पक्राउ
- २०८२ चैत १७ मंगलबार
न्यूज ब्यूरो, कतार । पश्चिम एसियाका विभिन्न मुलुकहरूमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण तथा भ्रामक सामग्री प्रसारण गरेको अभियोगमा हालसम्म ११ जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा
पूरा पढ्नुहोस्

