SEE परीक्षा सेन्टरमा मोबाईल फेला परे ठाउँको ठाउँ नष्ट गरिनेछः शिक्षामन्त्री शर्मा
मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा प्रभावकारी अनुगमनमा विशेष जोड दिँदै जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा सम्बन्धी निकायबीच समन्वय सुदृढ बनाउन निर्देशन दिइन्।

२०८२ चैत १७ मंगलबार, बिहान ९:१९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले एसईई परीक्षा केन्द्रमा मोबाईल भेटिए ठाउँको ठाउँ नष्ट गर्ने निर्देशन दिएकी छन् ।
चैत्त १९ विहिबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै पनि किसिमको लापरबाही हुन नहुने बताएकी छन्।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई–२०८२ लाई व्यवस्थित, मर्यादित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले सम्पन्न प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सम्बन्धित सबै निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन्।
उनले परीक्षालाई थप कडाइका साथ सञ्चालन गरिने स्पष्ट पार्दै परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको जानकारी दिइन्। यदि कुनै परीक्षार्थी मोबाइलसहित भेटिएमा सो मोबाइल जफत गरी नष्ट गरिने चेतावनी दिँदै उनले विद्यार्थी तथा अभिभावकलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिन्।
मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा प्रभावकारी अनुगमनमा विशेष जोड दिँदै जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा सम्बन्धी निकायबीच समन्वय सुदृढ बनाउन निर्देशन दिइन्।
बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, मन्त्रालयका निमित्त प्रदेश सचिव दिलीपकुमार ठाकुर, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल तथा शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक महेन्द्र महतो लगायतले धारणा राखेका थिए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…