आजदेखि तीनदिनसम्म राती मुग्नि नागढुंगा सडक बन्द हुने
पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

२०८२ चैत १७ मंगलबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । मुग्लिन–नागढुंगा सडक आज (चैत १७) देखि तीन दिन रातको समयमा बन्द हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण सो क्षेत्रमा रातको समयमा ६ घण्टा बन्द गरिने भएको छ ।
पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…