महोत्तरीमा समेत काँग्रेसले उतारे जनसागर
बाबु प्रेम यदुवन्शी | महोत्तरी,१५ साउन । सरकारको विरुद्ध महोत्तरीमा समेत नेपाली काँग्रेसले हजारौलाई सडकमा उतारेको छ । देशै भर विरोध प्रदर्शन गर्ने नेपाली काँग्रेसको पुर्व निर्धारित कार्यक्रम अनुसार महोत्तरी सदरमुकाम जलेश्वरमा समेत हजारौले सरकारको विरुद्ध नाराबाजी गरेको छ । नेपाली काँग्रेसका जिल्ला अ

२०७५ साउन १५ मंगलबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी,१५ साउन । सरकारको विरुद्ध महोत्तरीमा समेत नेपाली काँग्रेसले हजारौलाई सडकमा उतारेको छ । देशै भर विरोध प्रदर्शन गर्ने नेपाली काँग्रेसको पुर्व निर्धारित कार्यक्रम अनुसार महोत्तरी सदरमुकाम जलेश्वरमा समेत हजारौले सरकारको विरुद्ध नाराबाजी गरेको छ ।
नेपाली काँग्रेसका जिल्ला अध्यक्ष महेन्द्र रायको अगुवाईमा सदरमुकाम जलेश्वरमा निकालिएको विरोध र्यालीले नगर परिक्रमा गर्दै सरकार विरुद्ध चर्को नारावाजी गरेको छ । र्यालीमा काँग्रेसका वरिष्ट नेताहरुका साथै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यद्वय ममता महतो र विजय रायका साथै नेवीसंघका हजारौ युवा सहभागी भएका थिए ।
संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गर,६५ वर्षिय वृद्ध भत्ता लागु गर, जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकलाई वंशजको नागरिकता प्रदान गर ,आमाको नाममा नागरिकता दिने कार्य प्रारम्भ गर र पुर्ववती सरकारले नियुक्ती गरेकोहरुलाई पुनरवहाली गर लगायतका नाराहरु लगाइएको थियो । यता नेपालमा प्रेस समेत स्वतन्त्र नभएको देखिएकोले तत्काल प्रेस स्वतन्त्रता कायम गर्न समेत सदरमुकाम जलेश्वरमा नारा लगाइएको छ । र्यालीले नगरपरिक्रमा गर्दै जलेश्वर स्थित खैराचोकमा कोण सभा समेत आयोजना गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…