यातायात कार्यालयबाट १५ जना दलाल (बिचौलिया) पक्राउ
प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’मा काम गरिदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

२०८२ चैत १६ सोमबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ललितपुर । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सेवाग्राहीलाई हैरानी दिने तथा अवैध रूपमा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’मा काम गरिदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…