जनमत पार्टीले गरे मधेश प्रदेशका ८ जिल्लामा जिल्ला अध्यक्ष चयन
जनमत पार्टीले चयन भएका सबै जिल्ला अध्यक्षहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ। साथै, पार्टीले मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै जनतामुखी एजेन्डालाई थप सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

२०८२ चैत १५ आइतबार, बिहान १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेश अन्तर्गत विभिन्न जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै नयाँ जिल्ला अध्यक्षहरू चयन गरेको छ। शनिबार प्रदेशस्तरीय बैठकबाट ८ जिल्लामा अध्यक्ष चयन गरिएको पार्टीले जनाएको छ।
बैठकबाट चयन गरिएका जिल्ला अध्यक्षहरूमा सप्तरीको लागि ई. संजीव नारायण यादव, सिरहाका लागि पँकज कुमार सिँह, धनुषाका लागि अशोक साह, महोत्तरीका लागि बीरेन्द्र महतो, सर्लाहीमा सुबोध मण्डल, रौतहटमा राम कल्याण राउत , बाराका लागि शिवनाथ पटेल र पर्साका लागि श्याम गुप्तालाई चयन गरिएको हो ।
पार्टीका अनुसार संगठनलाई जिल्लास्तरमा सुदृढ बनाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो। नव नियुक्त अध्यक्षहरूले आ आफ्नो जिल्लामा पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
जनमत पार्टीले चयन भएका सबै जिल्ला अध्यक्षहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ। साथै, पार्टीले मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै जनतामुखी एजेन्डालाई थप सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…