न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का लाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
सीआईबी प्रमुख मानेज केसी का अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि खड्कामाथि अनुसन्धान अगाडि बढाइएको हो। सोही सन्दर्भमा आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ।
यसअघि भदौ २४ गते भएको तोडफोड तथा आगजनी घटनासँग सम्बन्धित भिडियो र तस्बिर सार्वजनिक भएका थिए। ती सामग्रीमा विभिन्न स्थानबाट जलेका नोटका अवशेष भेटिएको देखिएको थियो। उक्त घटनासँग जोडेर पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल का निवाससँग सम्बन्धित विवरणहरू पनि बाहिर आएका थिए।
प्रहरीका अनुसार बरामद सामग्रीको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गर्दा केही तथ्यहरू पुष्टि भइसकेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८२ चैत १५ आइतबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्



