सिरहामा सरकार विरुद्ध कांग्रेसको विरोध प्रदर्शन, ट्राफिक व्यवस्था अस्तव्यस्त
न्यूज ब्यूरो | सिरहा, १५ साउन । नेपाली कांग्रेस सिरहाले मंगलबार सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै खबरदारीका लागि विरोध प्रदर्शन गरिएको कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले बताउनुभयो । सिरहाको क्याम्पस चोकबाट सुरु

२०७५ साउन १५ मंगलबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, १५ साउन । नेपाली कांग्रेस सिरहाले मंगलबार सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
लोकतान्त्रिक मूल्य–मान्यताविपरीत सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै खबरदारीका लागि विरोध प्रदर्शन गरिएको कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवले बताउनुभयो ।
सिरहाको क्याम्पस चोकबाट सुरु भएको प्रदर्शन थानाचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
¥यालीमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
सभालाई सम्बोधन गर्दै कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेता मोख्तार अहमद, डा. सुभाष यादव, डा. गणेश मण्डललगायतले महँगी, करवृद्धिको विरोध गरेका थिए ।
जिल्ला सभापति यादवले भने, ‘छोटो समयमै सरकारको विरोध गर्न मन थिएन । तर, अधिनायकवाद शैलीमा जनतालाई मारमा पार्ने काम गरेपछि बाध्य भएर सडकमा उत्रिएका हौं ।’
सरकारले महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत उनीहरुले लगाए ।
प्रदर्शनका क्रममा सिरहाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।
सहरका मुख्य व्यस्त बजार, थाना चोक, ईमली चोक, हेमनारायण चोक, क्याम्पस चोकलगायतका ठाउँहरुमा प्रदर्शन गरिएपछि सो क्षेत्रमा आवत–जावत गर्ने सवारी–साधनहरु दिनभर अस्तव्यस्त बनेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…