सँसदहरुको सपथ चैत्त १२ गते, आफ्नै सँस्कृति र भाषामा सपथ लिन पाउने
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।

२०८२ चैत ६ शुक्रबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्यको शपथ चैत १२ गते हुने जनाएको छ।
सचिवालयले शुक्रबार जारी गरेको सूचनाअनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिनेछ।
सचिवालयले शपथ कार्यक्रममा सबै निर्वाचित सदस्यलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ। साथै, सहभागी हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र ९सक्कल र प्रतिलिपि०, नेपाली नागरिकताको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो साथमा ल्याउन निर्देशन दिएको छ।
त्यसैगरी, निर्धारित समयभन्दा कम्तीमा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरिएको छ।
नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले सम्बन्धित भाषामा शपथको व्यहोरा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिन अगावै सचिवालयमा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…