महोत्तरीको पिपरा गाउँपालिकामा भ्रष्टाचार र अनियमिमता भएको भन्दै गाउँसभामै विवाद
बाबु प्रेम यदुवन्शी | महोत्तरी, १५ साउन । महोत्तरीको पिपरा गाउँपालिकाले आईतवार डाकेको गाउ परिषदमा कार्यक्रमको सुरुमै केहि वेर विवाद भएको छ । राजपाका कार्यकर्ताहरुले गाउँसभा विथोल्न खोजेपछि उक्त विवाद भएको हो । कार्यक्रममा भएको सामान्य विवादलाई अतिरंजित बनाइएको र त्यसमा आफ्नो नाम समेत मुछिएकोमा सामाज

२०७५ साउन १५ मंगलबार, बिहान १०:२१ बजे२ मिनेट पढाइ
बाबु प्रेम यदुवन्शी |
महोत्तरी, १५ साउन । महोत्तरीको पिपरा गाउँपालिकाले आईतवार डाकेको गाउ परिषदमा कार्यक्रमको सुरुमै केहि वेर विवाद भएको छ । राजपाका कार्यकर्ताहरुले गाउँसभा विथोल्न खोजेपछि उक्त विवाद भएको हो ।
कार्यक्रममा भएको सामान्य विवादलाई अतिरंजित बनाइएको र त्यसमा आफ्नो नाम समेत मुछिएकोमा सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आपती जनाएका छन । गाउपरिषदको प्रमुख अतिथी रहेका राज्यमन्त्री शर्माले विवाद भएको स्विकार्दै उक्त विवाद आपसी भएको र त्यसमा कति कतै कोहि घाईते नभएको र कुर्सी लगायतको सामग्री टुटफुट नभएपनि राज्यमन्त्री उपस्थित कार्यक्रममा झडप विरोध गर्न पुगेकाहरु घाईते जस्ता समाचार अफवाह मात्र भएको बताए ।
आर्थिक वर्ष २०७५।७६ को लागि स्वीकृत निती,कार्यक्रम र बजेट सार्वजनिक गर्न गरिएको गाउसभामा राजपाका पिपरा गाउपालिका ईकाई कार्यवाहक अध्यक्ष विनित पाण्डेय र उनका समर्थकहरुले कार्यक्रमको सुरुवातमै गाउभेलाको प्रस्तुत विषय वस्तुहरुको वारेमा गाउपालिका अध्यक्षले राजपा पार्टी भित्र कुनै छलफल नगरेको,पार्टी घोषणापत्रको समेत वास्ता नगरेको र प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता एवं संचारकर्मी लगायतका समेतलाई कार्यक्रममा नबोलाई गोप्यरुपमा कार्यक्रम गरिरहेको आरोप लगाउदै कार्यक्रम वहिस्कार गर्दै विथोल्न खोज्दा केहि वेर विवाद उत्पन्न भएको थियो ।
यता विवादलाई साम्य पार्न कार्यक्रममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले विवाद सुरु भएपछि विनित पाण्डेय र उनका समर्थकहरुलाई कार्यक्रम स्थलबाट वाहिर गरेका थिए ।
गाउपरिषदको क्रममा भएको विवाद वारे वोल्दै राजपा पिपरा गाउपालिका कार्यवाहक अध्यक्ष विनित पाण्डेयले गाउपालिकाले गर्न लागेको परिषद औचित्य हिन भएको र गत आर्थिक वर्षमै सम्पन्न भनिएको योजनाहरु अझै पुर्ण नभई त्यसको रकम समेत निकासा गरिएको लगायतका भ्रष्टाचार भएकोले आफुहरुले विरोध जनाएको बताए । उनले परिषदमा प्रतिपक्षी दलहरु तथा कार्यक्रममा वास्तविकता वाहिर ल्याउन सक्ने स्थानियहरुलाई समेत नडाकिएको तथा अध्यक्ष राजपाबाटै निर्वाचित भएपनि पार्टीको मर्म विपरित विना जानकारीको परिषद गर्न लागेको लगायतका विभिन्न कारणले विरोध जनाएको थपे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…