जेनजी एलियान्सले भोली माईतीघरमा प्रदर्शन गर्ने, कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग
यसको लागि माईतीघर मण्डलामा भोली आईतबार दिउँसो १ः०० बजे शान्तीपूर्ण दबाब आन्दोलन गर्ने भएको छ । एलियन्सका अगुवा भनिएका रिजन राना मगरले न्यूज ब्यूरोसँग कुराकानी गर्दै भोली आईतबार आन्दोलनको कार्यक्रम रहेको पुष्टि गरे ।

२०८२ फागुन ३० शनिबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भदौ २३ र २४ गतेमा भएको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन (रिपोर्ट) सार्वजनिक गर्न दबाब स्वरुप जेनजी मुवमेन्ट एलियान्सले भोली आन्दोलन गर्ने भएको छ ।
संघीय राजधानीको काठमान्डौँस्थित जेनजी मुवमेन्ट एलियान्सले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै शान्तीपूर्ण आन्दोलन गर्ने सूचना जारी गरेको छ ।
एलियान्सको अधिकारीक फेसबुक पेजमा राखिएको सूचनामा “गौरी बहादुर कार्की आयोगको पूरा प्रतिवेदन खोई ?” भनेर नारा लेखिएको छ । यसका साथै बन्द कोठाको हस्तान्तरण होईन, संक्षिप्त सजाइएको प्रतिवेदन होईन भनेर उल्लेख गरिएको छ ।
यसको लागि माईतीघर मण्डलामा भोली आईतबार दिउँसो १ः०० बजे शान्तीपूर्ण दबाब आन्दोलन गर्ने भएको छ । एलियन्सका अगुवा भनिएका रिजन राना मगरले न्यूज ब्यूरोसँग कुराकानी गर्दै भोली आईतबार आन्दोलनको कार्यक्रम रहेको पुष्टि गरे ।
जेनजी मुवमेन्ट एलियन्समा अन्य १२ वटा जेनजी समुहहरु रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…