साउदीबाट नेपाल फर्कन चाहनेलाई दूतावासमा कागजात बुझाउन आग्रह
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा, हित र कल्याणका लागि समन्वय जारी रहेको जनाउँदै स्थानीय सरकार र नेपाली नियोगले जारी गरेका सुरक्षा सूचनाबारे अद्यावधिक रहन पनि आग्रह गरेको छ।

२०८२ फागुन २७ बुधबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक कारणले नेपाल फर्कन चाहने नेपाली नागरिकलाई आवश्यक कागजात त्यहाँस्थित नेपाली दूतावासमा बुझाउन आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण नेपाली नियोगमा पठाएर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिनेछ।
पश्चिम एसियाका केही स्थानबाट सीमित हवाई उडान सञ्चालन भइरहेको र नेपालतर्फ उडानका विषयमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ। कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७ हजार १०० नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन्।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा, हित र कल्याणका लागि समन्वय जारी रहेको जनाउँदै स्थानीय सरकार र नेपाली नियोगले जारी गरेका सुरक्षा सूचनाबारे अद्यावधिक रहन पनि आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…