सिरहा ३ः काँग्रेसका उम्मेदवार यादवले क्षेत्रमा किसानका लागि ठुलो कोल्ड स्टोर स्थापना गर्ने प्रतिवद्धता

२०८२ फाल्गुण १५ शुक्रबार
बेलुकी ७:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहा क्षेत्र नं. ३ का डा. सुवास चन्द्र यादव सो क्षेत्रमा किसानहरुका लागि ठुलो कोल्डस्टोर स्थापनाको प्रतिवद्धता जनाएका छन् । विहिबार विष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मीपुर (प्र.म) मा घरदैलो कार्यक्रम गर्दै डा. यादवले कोल्डस्टोरको प्रतिवद्धता गरे।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय कृषक र सर्वसाधारणका समस्याहरू प्रत्यक्ष रूपमा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, “यहाँ आलु, आँप, स्याउलगायतका कृषि उत्पादनका लागि कोल्ड स्टोरको अभाव हुँदा किसानले उचित मूल्य पाउन नसकेको अवस्था छ।”

 सरकारले तोकेको धानको मूल्य करिब तीन हजार रुपैयाँ भए पनि किसानले सोही दरमा बिक्री गर्न नसकेको गुनासो व्यापक रहेको उनले उल्लेख गरे।
यादवले किसानमैत्री नीति, भण्डारण व्यवस्थाको विकास तथा कृषि बजारको सुनिश्चितताका लागि आफूले विशेष पहल गर्ने आश्वासन दिए। उनले मतदातालाई नेपाली कांग्रेस लाई मतदान गर्न आग्रह गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताए।

उनले सिरहा जिल्लामा गुणस्तरीय अस्पताल र उच्च शिक्षाका संस्थाको अभाव रहेको उल्लेख गर्दै यहाँका विद्यार्थीहरू अध्ययनका लागि विराटनगर, जनकपुर र काठमाडौं जान बाध्य भएको बताए। जिल्लामै शिक्षा र स्वास्थ्य पूर्वाधार विकास गर्न आफूले पहल गर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले “म राजनीतिमा नेता बन्न होइन, जनताको बेटा बन्न आएको हुँ। बेटा बनेर राजनीतिमा आएपछि मात्रै हरेक घरको समस्या बुझ्न सकिन्छ,” भन्दै जनतासँग भावनात्मक सम्बन्ध कायम गर्ने प्रयास गरे।

कार्यक्रममा सयौँको संख्यामा स्थानीय जनता तथा पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ फाल्गुण १५ शुक्रबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus