धनुषा २ मा मैले गरेको विकास कसैबाट लुकेको छैन, जनता पक्षमा छन्ः उम्मेदवार अरगरिया
अरगरियाले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई पहिचान गर्न आग्रह गर्दै भने, पाँच वर्षमा एकपटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई जनताले चिनोस् । म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्नेछु ।

२०८२ फागुन १४ बिहीबार, दिउँसो १२:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाले शहिदनगर नगरपालिका वडा नम्बर ८ नाथपट्टि र बिसरभोरामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका क्रममा स्थानीय समर्थक र मतदाताले अरगरियालाई अबीर, टीका र गम्छा लगाएर भव्य स्वागत गरेका थिए । सहभागीहरूले अरगरियाको जितका लागि नारासमेत गरेका थिए ।
घरदैलोका क्रममा अरगरियाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका एक संसदीय कार्यकालमा क्षेत्रको विकासका लागि गरेका कामहरूको मूल्याङ्कन गरी मतदान गर्न आग्रह गरे । उनले भने, १० वर्षअघि धनुषा–२ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, स्वास्थ्य, विवाह भवन, मन्दिर–मस्जिदको अवस्था अहिले तुलना गर्नुहोस् । म निर्वाचित भएपछि भएका विकासहरू तपाईंहरूले आफैँ देख्न सक्नुहुन्छ ।”
अरगरियाले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारहरूसँग तुलना गरेका छन् । उनले एमालेको राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने र समाजवाद उन्मुख विकासको एजेन्डा आफ्नै प्रतिबद्धताका रूपमा अघि सारेको बताए ।
अरगरियाले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई पहिचान गर्न आग्रह गर्दै भने, पाँच वर्षमा एकपटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई जनताले चिनोस् । म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्नेछु ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…