सिरहाः उत्तरवाहिनीमा बोलबमको रौनक, काँवरिया केसरियामय
बिनय यादव/न्यूज ब्यूरो | सिरहा, १४ साउन । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ । जलाशयब

२०७५ साउन १४ सोमबार, दिउँसो २:४९ बजे१ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो |
सिरहा, १४ साउन । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ ।
जलाशयबाट जल ल्याई “बोलबम” भन्दै यात्रा गर्दाको वातावरण बेग्लै देखिएको छ । हरेक सोमबार बोलबम यात्रा गर्नेहरुको ठूलो भीडले मिर्चैया समेत बोलबममय भएको छ ।
सिरहा जिल्लाकै एक प्रसिद्ध धार्मिक स्थलको रुपमा मानिने उत्तरवाहिनी र खोटाङको हलेसी बोलबम यात्रा गर्ने यात्रीहरुको बढ्दो चहलपहलले खास गरेर मिर्चैयाको कटारी चौकमा कावरियाहरुको भिड बढी देखिन्छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनीमा वर्षेनि बोलबम कार्यक्रमको आयोजना गरिदै आइएको छ । उत्तरवाहिनी स्थित कमला नदीमा कावरियाहरु स्नान गरी जल लिएर आफ्नो बोलबम यात्रा तय गर्छन् ।
बोलबम कार्यक्रम पछिल्ला वर्षमा संस्कृतिका रूपमा विकास हुँदै गएको छ । बोलबम यात्रामा युवायुवतीको आकर्षण पनि उत्तिकै छ । साउन महिनामा नेपालका विभिन्न ठाउँबाट भक्तजन उत्तरवाहिनी आउने गरेका छन् ।
पछिल्लोे समय विभिन्न ठाउँहरुबाट बोलबम यात्राका लागि उत्तरवाहिनी आउनेक्रम वृद्धि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…