प्रहरीले डिजे नियन्त्रणमा लिएपछि रास्वपा उम्मेदवार यादवले प्रहरीलाई गरे हुलहुज्जत

२०८२ फाल्गुण १२ मंगलबार
बिहान ०८:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । आचारसंहिता विपरीत बजाइएको डिजे र पिकअप नियन्त्रणमा लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सहितको समूहले सिरहाको मिर्चैया प्रहरी कार्यालयमा गएर हुलहुज्जत गरेका छन् ।

सिरहा निर्वाचन क्षेत्र नं. ४ का रास्वपाका प्रतिनिधि सभा उम्मेदवार तपेश्वर यादवसहित एक समूहले इलाका प्रहरी कार्यालय, मिर्चैयाको गेटमा पुगेर हुलहुज्जत गरेका हुन् ।

प्रहरीका अनुसार निर्वाचन आचारसंहिता, २०८२ विपरीत आइतबार बेलुकी मिर्चैया बजार क्षेत्रमा चर्को आवाजमा गीत तथा जिंगल बजाउँदै प्रचारप्रसार गरिरहेको पाइएपछि डिजे र पिकअप भ्यानसहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस लगत्तै प्रतिनिधिसभा उम्मेदवार यादव हूलसहित प्रहरी कार्यालय पुगेका थिए ।

उनीहरू प्रहरीलाई तथानाम भन्दै कार्यालयभित्रै छिर्न खोजे पनि प्रहरीले गेटमै रोकेको थियो । त्यस क्रममा उम्मेदवार यादवले प्रहरी कर्मचारीहरूलाई हुलहुज्जत गर्दै व्यक्तिगत तहमा उत्रिएर ‘देखाइदिने’लगायतका धम्की दिएका हुन् । प्रहरी कार्यालय अगाडीको हुलहुज्जतको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ ।

‘हामीले कानूनको पालना गराउने काम गरेका हौँ, तर विधि र सुशासनको नारा लगाएर चुनाव लड्नुभएका उहाँहरूको यो व्यवहार राम्रो भएन,’ एक प्रहरीले भने, ‘हामीले उहाँहरूको डिजे मात्रै नियन्त्रणमा लिएको होइन, यसअघि अरूको पनि नियन्त्रणमा लिने र सम्झाएर छाड्ने गरेका थियौँ, तर उहाँहरूको रवाफ र धम्की हेर्दा निकै दुस्ख लाग्यो ।’

यता, उम्मेदवार यादवले प्रहरीले आफूहरूको ब्यानर, पर्चा हटाइदिएको र डिजे नियन्त्रणमा लिएको जानकारीपछि आफूहरू त्यहाँ पुगेको भए पनि दुर्व्यवहार नगरेको दाबी गरेका छन् । 

उनले रास्वपा लक्षित केर प्रहरीले गरिरहेको आरोप समेत लगाए ।यसरी आचारसंहिता उल्लंघन गर्ने विभिन्न पार्टीका ८ वटा डिजे र पिकअपलाई यसअघि नै कारबाही गरिएको प्रहरीले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

रामपुरमा शारिरिक सम्भोगकै क्रममा घाँटी थिचेर हत्या, शव नग्न नै छाडेर भागे श्रीमान !

  • २०८२ फाल्गुण १२ मंगलबार

न्यूज ब्यूरो । छिमेकी मुलुक भारतको उत्तर प्रदेश रामपुर जिल्लाको कोतवाली सिभिल लाइन्स क्षेत्रमा श्रीमानले श्रीमतिलाई शारिरिक सम्बन्धकै बेला हत्या गरेको घटना बाहिरिएको छ । एक शिक्षिकाको शव घरको ओछ्यानमा

पूरा पढ्नुहोस्

Bureau Menus