जितेका जनप्रतिनीधिहरु उम्मेदवारको प्रचार- प्रसारमा सहभागी नहुनुः निर्वाचन आयोग
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

२०८२ फागुन ११ सोमबार, दिउँसो २:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो । केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
आचारसंहिता प्रतिकूल हुने गरी पदाधिकारीले आफू बहाल रहेको पालिकामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…