सिरहाका इन्जिनियर यादव हत्या प्रकरणका आरोपि पक्राउ नपरेपछि सडकमा परिवारजन
यता प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या प्रकरणमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको र अनुसन्धान विभिन्न कोणबाट अघि बढाइएको छ।

२०८२ फागुन ८ शुक्रबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको पाँच दिन बितिसक्दा समेत संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै सिरहामा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।
विहिबार मृतक यादवको गृहजिल्ला सिरहाअन्तर्गत धनगढीमाई बजार क्षेत्रमा स्थानीयले आइतबार चक्काजाम गर्दै महेन्द्र राजमार्ग केही समयका लागि अवरुद्ध पारे। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई शीघ्र कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले घटनाको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याल को राजीनामासमेत माग गरेका थिए। न्याय नपाए आन्दोलन थप सशक्त बनाइने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।
यता प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या प्रकरणमा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको र अनुसन्धान विभिन्न कोणबाट अघि बढाइएको छ।
घटनापछि क्षेत्रको सुरक्षा अवस्था संवेदनशील बनेको छ भने स्थानीय प्रशासनले शान्ति कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
माग पूरा नभएसम्म सडकमा आन्दोलन जारी राख्ने परिवारजनको अडान छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…