न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै तत्काल निर्णय गराएर ११ वटा काम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
बिहीबार राजधानीमा घोषणा–पत्र सार्वजनिक गर्दै एमालेले युवा, श्रमिक, विद्यार्थी, महिला, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सुरक्षाकर्मीलाई लक्षित कार्यक्रम अघि सारेको हो।
घोषणा–पत्रअनुसार १८–२८ वर्ष उमेर समूहका युवालाई एक वर्षसम्म मासिक १० जीबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराइनेछ भने आईटी तथा स्टार्टअप व्यवसाय प्रवर्द्धनका लागि युवालाई १० हजार अमेरिकी डलर बराबरको डलर कार्ड प्रदान गरिने उल्लेख छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकको सम्मानस्वरूप वार्षिक ५ हजार रुपैयाँ खातामा जम्मा गरिने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण तथा पारिश्रमिकसहितको इन्टर्नसिप व्यवस्था गरिने प्रतिबद्धता पनि गरिएको छ।
एमालेले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा, विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने तथा श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेको छ।
त्यसैगरी शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने, स्वास्थ्य स्वयंसेविकालाई भत्ता र सुरक्षा व्यवस्था गर्ने तथा सुत्केरी महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृ–शिशु पोषण भत्ता दिने योजना सार्वजनिक गरिएको छ।
घोषणा–पत्रमा गरिब परिवारको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने तथा बहालवाला र अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान, सेवा–सुविधा र सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने प्रतिबद्धता पनि समेटिएको छ।
बँगलादेशबाट मलेसियातर्फ जाँदै गरेको डुंगा अण्डमान सागरमा दुर्घटना, २५० रोहिँग्या बँगलादेशी बेपत्ता
- २०८२ फाल्गुण ७ बिहीबार
न्यूज ब्यूरो । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार
पूरा पढ्नुहोस्


