संघीयताको सफल कार्यान्वयन राजपाको प्रमुख एजेण्डाः अध्यक्ष यादव
न्यूज ब्यूरो | जनकपुरधाम, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार समर्थन गरेपनि अनुसार सरकार स्प्रिट बाहिर गएको बताएका छन् । स

२०७५ साउन १४ सोमबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले प्रचण्ड बहुमत प्राप्त ओली नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रतिबद्धता अनुसार समर्थन गरेपनि अनुसार सरकार स्प्रिट बाहिर गएको बताएका छन् ।
संविधानको मुख्य तीन आत्मालाई समर्थन गर्दै सरकारलाई समावेशी, संघीयता र लोकतन्त्रिक पद्धतिको मुल्य मान्यतालाई संस्थागत गर्न सरकारलाई समर्थन दिएपनि विधिको शासन पद्धतिमा चल्न नसकेको आरोप लगाए । जनकपुरधाममा आईतवार विहान पत्रकार भेटघाट कार्यक्रममाउनले भने, ‘राजपा नेपाल सरकारमा जाने वा नजाने सवाल ठुलो होईन, हाम्रो प्रमुख मुद्दा भनेको संघीयतालाई सफलता दिन हो ।, यहाँ संघीयता असफल भयो, भने मधेश आन्दोलनको मूल मर्म समाप्त हुन्छ, त्यसैले संघीयतालाई सफल कार्यान्वयनको पक्षमा हामी उभिएका छौं ।’
पत्रकारको एक जिज्ञासनमा अध्यक्ष यादवले भने, ‘यो मुलुकमा विविधतायुक्त भाषाभाषि, जातजाति, धर्म संस्कृतिको एउटा संगम हो, अझ मधेशको राष्ट्रियतालाई स्थापित गर्ने काम भएपनि देश विखण्डनको आरोप संकुचित मानसिकता भएका व्यक्तिहरुले लगाउने गरेको छ ।’ प्रदेश २ को सरकारको कामकाज बारे असन्तुष्टि जनाउदै अध्यक्ष यादवले संघीयताको नयाँ अभ्यास रहेको तथा प्रदेश सरकार स्वायत नभएकोले समस्या उत्पन्न भएको बताए ।
उनले आफुहरुले स्वायत शासन सहितको संघीयताको लागि मधेशी जनताले लडेको र त्यसलाई पुरा हुन अझै समय लाग्ने बताए । संघीय सरकारको तर्फबाट यही असोजभित्र प्रदेश कानून आएपछि कामकारवाहीको आधारमा प्रदेश सरकारको मुल्याङ्कण गरिने र तत्काल प्रदेश सरकारको कामकारवाहीको लागि तीन सदस्यीय टोली पठाउन लागेको जानकारी समेत दिए ।
प्रदेशसभामा गएर प्रधानमन्त्री ओली गएर भाषण दिनु कुनै संविधानमा उल्लेख नभएको बताउँदै सम्बोधन गर्नै परे विशेष परिस्थितिमा गर्न सक्ने भएपनि मनोमानी गरिरहेको आरोप लगाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…