जनकपुरः लोसपाका नगर अध्यक्ष छोटु साहसँगै सयकडौँ युवा मनिष झासँग रास्वपामा प्रवेश
वडा नं. ५ बाट राजनीति यात्रा सुरु गरेका छोटु साहले निकै कम समयमा जनकपुर नगरमा आफ्नो पहिचान कायम गरेका युवाको रुपमा चिनिएका हुन् । रास्वपामा मनिष झाको समर्थन जनाउन तथा निर्वाचनमा सहयोग गर्न रास्वपामा प्रवेश गरेका हुन् ।

२०८२ फागुन ५ मंगलबार, राति ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका जनकपुर नगर अध्यक्षसहित सयौँ युवा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
मँगलबार रास्वपाले जनकपुरको उद्योग वाणिज्य संघमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमा नगर अध्यक्ष छोटु सहित अन्य सयौँ युवा मनिष झासँग गएका छन् । आउँदो २१ फागुनमा हुन लागेको प्रतिनीधिसभा निर्वाचनको लागि मनिष झालाई सघाउने निर्णय गर्दै रास्वपामा प्रवेश गरेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार मनिष झाले उनीहरुलाई मँगलबार दिउँसो पार्टीमा स्वागत गरे । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ बस्ने छोटु साह विगतदेखि नै राजनीतिमा सक्रिय युवाको रुपमा चिनिदै आएका छन् ।
वडा नं. ५ बाट राजनीति यात्रा सुरु गरेका छोटु साहले निकै कम समयमा जनकपुर नगरमा आफ्नो पहिचान कायम गरेका युवाको रुपमा चिनिएका हुन् । रास्वपामा मनिष झाको समर्थन जनाउन तथा निर्वाचनमा सहयोग गर्न रास्वपामा प्रवेश गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…