धनुषा क्षेत्र २ का उम्मेदवार पशुपति यादव जनताको घरदैलोमा
प्रत्यक्ष घरदैलोमा भेटघाटका क्रममा उम्मेदवार यादवले स्थानीय जनताहरुसंग प्रत्यक्ष सम्बादमा नागरिकका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएका थिए। साथै उनले आगामी निर्वाचनमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

२०८२ फागुन ५ मंगलबार, राति ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धनुषा-२ का उम्मेदवार पशुपति यादव घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
मँगलबार धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बिदेह नगरपालिकाको विभिन्न वडामा घरदैलो अभियान गरेका हुन् । विदेहको वडा नं. १ ठाढी र झिझा, वडा नं.२ दुहबी र वडा नं.३ गोबराही, कर्माही र चिकना टोलसहित टोलटोलमा जसपा, नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पशुपति यादवले स्थानीय जनताहरुसँग प्रत्यक्ष सम्बाद, छलफल, भेटघाट र घरदैलोमा भेटघाट गरेका छन्।
प्रत्यक्ष घरदैलोमा भेटघाटका क्रममा उम्मेदवार यादवले स्थानीय जनताहरुसंग प्रत्यक्ष सम्बादमा नागरिकका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएका थिए। साथै उनले आगामी निर्वाचनमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
उक्त, कार्यक्रममा जसपा नेपालका केन्द्रीय, प्रदेश र पालिकास्तरका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको बिशेष उपस्थितिमा कमला नगरपालिकामा घरदैलो र चुनावी भेटघाट भ्याएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…