धनुषा ३ मा मनिष झालाई सपोर्ट गर्न युवा मनिषसहित २५० बढी रास्वपामा

२०८२ फाल्गुण ५ मंगलबार
बेलुकी ७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम। प्रतिनिधिसभा निर्वाचन आउन जम्मा १६ दिन बाँकी रहँदा धनुषा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन रोचक मोडमा पुग्दै गएको छ। सोही क्रममा आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी जनकपुरका (गँगासागर) का युवा मनिष कुमार यादवको सहजीकरणमा अढाई सय बढी युवा प्रवेश गरेका छ्न। 

पार्टी प्रवेशका मुख्य आकर्षण नेकपा एमालेबाट आएका सरोज यादव र सतिश सिंह थिए भने युवा अगुवा मनिष यादब, आशुतोष साह (छोटु) र निकु यादव थिए। त्यसैगरि महिला नेतृत्वतिर विभिन्न मधेश केन्द्रित दलमा योगदान दिएका र पछिल्नो समय जसपा परित्याग गरेका विन्दु ठाकुर प्रवेश गरेकी छिन्।

तिरुहुतिया गाछीबाट शुरु भएको युवाहरुको मार्चपासलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रवक्ता मनिष झा पनि सहभागी भएका थियो। सो मार्चपासमा झाका चुनावी कमान्डर एवं जितेन्द्र महासेठसँग चुनावी मोर्चाको नेतृत्व गरिरहेको अम्भुप्रसाद साह र गत साता मात्रै रास्वपा प्रवेश गरेका डा. राजीव झा पनि सहभागी थिए।

जनकपुर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा मुख्य आकर्षणहरु सम्बोधन गरेका थिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०८२ फाल्गुण ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus