नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य यादव अरगरियासँग, झालाई झटका
लामो समयदेखि रामचन्द्र झाको सहयोगी कार्यकर्ता भएर काम गरेका यादव फागुन २१ को चुनावमा उमाशंकर अरगरियालाई सघाउने भएको छ । नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि सदस्य एवं वडाध्यक्षका प्रत्यासी रहेका यादवलाई अरगरियाले माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

२०८२ फागुन ५ मंगलबार, बिहान ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार रामचन्द्र झा पार्टीका एक जिल्लास्तरीय नेता एमालेमा प्रवेश गरेका छन् ।
सोमबार धनुषा २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाले जनकपुरधाम उपमहानगरपालिका वडा न. १७ का वडाध्यक्ष प्रत्यासी विशेश्वर यादवलाई एमालेमा भित्र्याएका छन् ।
लामो समयदेखि रामचन्द्र झाको सहयोगी कार्यकर्ता भएर काम गरेका यादव फागुन २१ को चुनावमा उमाशंकर अरगरियालाई सघाउने भएको छ ।
नेपाली कम्यूनिष्ट पार्टी जिल्ला कमिटि सदस्य एवं वडाध्यक्षका प्रत्यासी रहेका यादवलाई अरगरियाले माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जिल्ला कमिटि सदस्य उमाशंकरसँग गएपछि रामचन्द्र झालाई जनकपुर १७ मा मतको झटका लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…