धनुषा ३ मा एमालेका चर्चित युवा लभ अधिकारीसहित दर्जनौ युवा तथा महिला नीधिसँग
युवा नेता अधिकारीसँगै अन्य उनका साथीहरु तथा अन्य विभिन्न पार्टीबाट नेता कार्यकर्ता, महिला नेतृहरु समेत नेपाली काँग्रेसमा विधिवत प्रवेश गरेको हो । यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि यसपाली धनुषा ३ का कडा टक्कर हुने भएको छ ।

२०८२ फागुन ३ आइतबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा चुनावी सरगर्मी चढेसँगै पार्टी प्रवेशको कार्यक्रम तीव्र पारिएको छ । सोही क्रममा धनुषा ३ मा एमालेका चर्चित युवा लभ अधिकारीसहित दर्जनौ नेता कार्यकर्ता उम्मेदवार बिमलेन्द्र नीधिसँग गएका छन् ।
आईतबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरी धनुषा ३ का उम्मेदवार एवम् पूर्व उपप्रधानमन्त्री समेत रहेका विमलेन्द्र नीधिले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । चुनाव नजिकिदै जाँदा नेता कार्यकर्ताहरु आफू मन पर्ने पार्टीमा फेर बदल पनि तीब्र बनाएको हो ।
युवा नेता अधिकारीसँगै अन्य उनका साथीहरु तथा अन्य विभिन्न पार्टीबाट नेता कार्यकर्ता, महिला नेतृहरु समेत नेपाली काँग्रेसमा विधिवत प्रवेश गरेको हो । यही फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि यसपाली धनुषा ३ का कडा टक्कर हुने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…