साउदीमा मधेसी मूलका नेपालीहरुले गरे मिथिला संस्कृति समाजको उद्घाटन
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ साउन । रोजगारीको शिलशिलामा खाडी मुलुक साउदी अरबमा बस्दै आईरहेका मधेसी मूलका नेपालीहरुले सामाजिक कार्यमा टेवा पुर्याउने उदेश्यका साथ एक महिना अघि संगठित भएको संस्था “मिथिला संस्कृति समाज साउदी अरब” ले शुक्रबार आधिकारिक रुपमा उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७५ साउन ११ शुक्रबार, राति ८:५९ बजे२ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ साउन । रोजगारीको शिलशिलामा खाडी मुलुक साउदी अरबमा बस्दै आईरहेका मधेसी मूलका नेपालीहरुले सामाजिक कार्यमा टेवा पुर्याउने उदेश्यका साथ एक महिना अघि संगठित भएको संस्था “मिथिला संस्कृति समाज साउदी अरब” ले शुक्रबार आधिकारिक रुपमा उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको प्रदेश २ का विभिन्न जिल्ला तथा देशैभरीबाट रोजगारीका लागी साउदी अरबमा रहने नेपालीहरुलाई आईपर्ने समस्यामा सहकार्य गर्दै पीडितलाई उद्धार तथा सहयोग गर्ने मुख्य उद्देश्यका साथ संस्था गठन गरिएको समाजका बरिष्ठ सल्लाहकार तथा सुचना प्रतिनिधि बिसुन यादवले बताउनुभयो ।
साउदी अरबमा मिथिला–मधेशको साहित्य, कला–संस्कृृति र भाषाको विकास तथा प्राकृतिक सम्पदाहरु, धार्मिक स्थलहरु, रहन–सहन, रिती रिवाजहरुलाई उजागर गर्दै बढी पर्यटक भित्र्याउन प्रयत्नरत रहने बताइएको छ । विदेशी भुमीमा कार्यरत नेपालीहरुको शारीरिक, मानसिक, बौद्धिक तथा आर्थिक विकासमा विशेष अग्रसर रहने समाजका कोषाध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो ।
शुक्रबार रियादको जजिज सनैया कार्बास्थित एक सभाहलमा सम्पन्न उद्घाटन तथा अन्तरक्रिया कार्यक्रमबाट संस्थाका अध्यक्षमा जितेन्द्र साहलाई चयन गरिएको छ । साउदी अरबको रियाद स्थित रहेको नेपालीहरुलाई समेट्दै साउदीमा आफुलाई एक दरिलो सामाजिक संगठनको रूपमा चिनाउन सफल भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहनुभएका साउदी अरबका निमित्त नेपाली राजदुत महेन्द्र सिंह राजपुतले सम्बोधन गर्दै प्रवासमा सामाजिक कार्यका लागि अग्रसर हुँदै नयाँ संस्था स्थापना हुनु गौरव र खुशिको कुरा भएको बताउँदै यसले साउदीमा रहने नेपालीलाई फाइदा पुग्ने बताउनुभयो । उनले सोहि कार्यक्रममा अहिले दूतावासले गर्दै आएका विभिन्न गतिविधिको बारेमा समेत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा पहिलो कार्यकालको लागी सहमतिमा बनेको संस्थाको कार्यसमितिका पदाधिकारीरुलाई पनि सार्वजनिक गरिएको थियो । गठित समितिको अध्यक्षमा जितेन्द्र साह, उपाध्यक्षमा सुनील साह, कोषाध्यक्षमा बिन्देश्वर यादव, सह–कोषाध्यक्षमा रामउदगार महतो, महासचिवमा सुशील कुमार मण्डल, सचिवमा भरोशी मण्डल, सह–सचिवमा धनपत महरा, सल्लाहकार तथा सूचना प्रमखमा बिसुन यादव, त्यस्तै अर्का सल्लाहकारमा महाजन मण्डल, सदस्यहरुमा बेचन यादव, नविन मिश्रा, दिलिप साह, बिनेश यादव, सुरज यादव, रामउदगार मण्डल, बिजय महतोे रहनु भएको छ ।
साउदीको रियादमा रहदै आएका करिव ५० जनाबढी नेपालीहरु सहभागी भएको सो कार्यक्रममा सबैले आ–आफ्ना तर्फबाट सल्लाह, सुझाब प्रस्तुत गरेका थिए । कार्यक्रम समारोहमा बोल्दै मिथिला संस्कृति समाजका अध्यक्ष जितेन्द्र साह, कोषाध्यक्ष बिन्देश्वर यादव र वरिष्ठ सल्लाहकार बिसुन यादवले लामो संघर्षपछि साउदीको रियादमा कार्यरत नेपालीहरुलाई संगठित गर्दै संस्था निमार्ण गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष जितेन्द्र साहले यस कार्यक्रमले आफ्नो संस्थालाई साउदीको सन्दर्भमा आगामी दिनहरुमा काम गर्न सहज हुने बताउँदै सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…