जनकपुरमा पाँच दर्जन बढी जेनजी युवा कांग्रेसमा, गगनबाट प्रभावित
नेता निधिले भने, “आजको पुस्ता प्रविधि र नयाँ सोचले सुसज्जित छ। कांग्रेसभित्र युवाहरूको ऊर्जा र अनुभवको संगम आवश्यक छ। तपाईँहरूको आगमनले पार्टीलाई मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई नै नयाँ उचाइ दिनेछ।”

२०८२ माघ २८ बुधबार, राति ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली राजनीतिमा पछिल्लो समय ुजेन जीु (नयाँ पुस्ता) को सक्रियता बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव मधेसको राजनीतिमा देखिएको छ ।
धनुषा ३ का प्रभावशाली नेता विमलेन्द्र निधिको समर्थनमा दर्जनौँ युवाहरू नेपाली कांग्रेसमा गोलवद्ध भएका छन् ।
बुधवार जनकपुरस्थित ुनिधि निवासु मा आयोजित एक कार्यक्रमका बीच विभिन्न क्षेत्रमा आबद्ध ६० जनाभन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । निर्वाचनको मुखमा यति ठूलो संख्यामा युवाहरू पार्टी प्रवेश गर्नुलाई मधेसको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
गगन थापाको प्रभाव र युवा विश्वास
पार्टी प्रवेश गर्ने युवाहरूले केन्द्रमा महामन्त्री गगन थापाको उदय र युवा एजेन्डाप्रतिको स्पष्टताले आफूहरूलाई कांग्रेसप्रति आकर्षित गरेको बताएका छन् ।
देशमा चलिरहेको ुजेन जीु आन्दोलन र पुराना दलहरूभित्र भइरहेको पुस्तान्तरणको बहसका बीच कांग्रेसमा युवाहरूको विश्वास फर्किन थालेको सन्देश यस प्रवेशले दिएको छ ।
नवप्रवेशी युवाहरूलाई पार्टीको सदस्यता र माला लगाएर स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले युवाहरूलाई परिवर्तनको संवाहक बन्न आग्रह गरे ।
नेता निधिले भने, “आजको पुस्ता प्रविधि र नयाँ सोचले सुसज्जित छ। कांग्रेसभित्र युवाहरूको ऊर्जा र अनुभवको संगम आवश्यक छ। तपाईँहरूको आगमनले पार्टीलाई मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई नै नयाँ उचाइ दिनेछ।”
प्रवेश गर्ने युवाहरूका अनुसार कांग्रेसको लोकतान्त्रिक इतिहास र वर्तमानमा गगन थापा जस्ता नेताहरूले बोकेको समृद्धिको भिजनले उनीहरूलाई तानिएको हो । “हामी परिवर्तन चाहन्छौँ र त्यो परिवर्तन स्थापित दलभित्रैबाट सम्भव छ भन्ने विश्वासका साथ हामी कांग्रेसमा आएका हौँ,” एक नवप्रवेशी युवाले बताए ।
यस पार्टी प्रवेशले आगामी निर्वाचनमा धनुषा र समग्र मधेस प्रदेशमा नेपाली कांग्रेसको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…