नयाँ भन्ने दलहरुसँग कुनै नयाँ मुद्दा छैनः प्रचण्ड
प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चूनाव जित्ने निश्चित भएको बताए ।

२०८२ माघ २३ शुक्रबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरुसंग कुनै नयाँ मुद्दा नरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केहि दलहरुले आफुलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरुसंग कुनै नयाँ मुद्दा नरहेको बताए हो । नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए ।
प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राखे । महिला, दलित, आदवासी जनजाति लगाएत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफुहरु नयाँ भएको उहाको भनाइ छ ।
त्यस्तै प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए । उनले निर्वाचन नजिकिदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दावी गरे ।
प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खास खास चुनाव क्षेत्रमा नेकपाले चूनाव जित्ने निश्चित भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…