सिरहा २ः घण्टी बजाउने दाउमा 'शिव', संगठनको बलियो पक्कडले 'रामचन्द्र' चुपचाप
सुखिपुर नगरपालिका–१ का वडाध्यक्षका एमाले उम्मेदवार रामबाबु यादव र वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार फेकु यादव रास्वपामा प्रवेश गरेपछि एमालेलाई थप धक्का लागेको छ । यसले शिवशंकरलाई प्रत्यक्ष फाईदा हुने भएको छ ।

२०८२ माघ २२ बिहीबार, बिहान १०:२५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा निर्वाचन क्षेत्र नं. २ बाट २०८२ को चुनाव रोमाञ्चक हुने भएको छ । समाजिक सँजालले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलबीच कडा प्रतिस्पर्धा चुलेको बेला सिरहा २ को चुनावी पहलवानी रोमाञ्चक हुँदै गएको छ ।
सिरहा २ बाट रास्वपाबाट शिवशंकर यादवले घण्टी बजाउने मुडमा देखिएका छन् भने नेपाली काँग्रेसका नेता रामचन्द्र यादव सँगठनको मजबुतिले चुपचाप बसेका छन् । यसअघि २०७४ को चुनावमा १५ हजारस बढी मत ल्याएर तेस्रो भएका रामचन्द्र यादबलाई यसपाली फलिफाप हुने उनका संगठनका नेताहरु बताउँछन् ।
नेपाली काँग्रेसमा दुई गुट हुँदा कमजोर देखिएका रामचन्द्र यसपाली नेपाली काँग्रेस जुटेपछि बलिया भएका छन् । वि.सं. २०७९ को चुनावमा क्षेत्र नं. २ बाट राजकिशोर यादव विजयी हुँदा काँग्रेसकी चित्रलेखा यादव दोस्रो थिइन । राजकिशोरबाट ११५० मतान्तरले पराजित भइन् । यसपाली चित्रलेखाको मत रामचन्द्रलाई फरवार्ड हुने भएको छ ।
सोही चुनावमा अहिले रास्वपाका उम्मेदवार शिवशंकर यादव हाम्रो नेपाली पार्टी (लौरो छाप) बाट चुनाव लडेका थिए । २०७९ को चुनावमा यादवले ६९९ मत प्राप्त गरेका थिए । यसपाली रास्वपाको लहरमा उनले सोही क्षेत्रबाट टिकट पाएपछि रामचन्द्र र शिवशँकरबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
रामचन्द्र यादवलाई २०७४ को चुनावमा निर्वाचित नेपाली कम्यूनिष्ट पार्टी (तत्कालिन माओवादी केन्द्र) बाट जितेका उम्मेदवार सुरेशचन्द्र दास रामचन्द्रलाई सघाउने भएको छ । पूर्व नेपाली काँग्रेस नै रहेका सुरेशचन्द्र दासले रामचन्द्रलाई सघाउने भएपछि मतपरिणाम बदल्ने भएको छ । सुरेशचन्द्र दासकै दरबाजामा रहेको भालसरी रुखको चिन्ह नेपाली काँग्रेसको रुख चिन्ह (लोगो) राखिएको छ । काँग्रेसका विभिन्न गुट, उपगुटहरु एकै ठाउँमा भएपछि रामचन्द्रलाई फाईदा हुने देखिएको छ ।
सिरहा २ मा एमालेका उम्मेदवार नविन कुमार यादव कमजोर उम्मेदवारको रुपमा देखिएको मतदाताहरु भन्छन् । यसपाली काँग्रेसका नरेश यादव समेत रामचन्द्रलाई सघाउने भएपछि काँग्रेस सँगठनको हिसाबले बलियो मानिएको छ । शिवशंकर यादवले घण्टीको लहरको भरपूर फाईदा उठाउने भएको छ ।
सिरहा २ मा रास्वपाको संगठन निकै कमजोर रहेको छ । पहिलेदेखि नेपाली काँग्रेस, एमाले, माओवादी, जसपा नेपालको कब्जा रहेको सो क्षेत्रमा रास्वपाको लहर भएपनि संगठन भने कमजोर रहेको छ । यद्यपी, शिवशंकरको रैलीमा सयौँ व्यक्तिहरु देखिन्छन् । रैलीमा देखिने व्यक्तिहरु अधिकांश मतदाता नहुने, अन्य दलका मतदाता हुने गर्छन् ।
सिरहा २ मा जनमत पार्टीका विनोद कुमार यादवले पनि भोँट छल्ने भएको छ । प्रदेशसभा सदस्य सँजय यादवको बलियो संगठन रहेको सो क्षेत्रमा विनोदले रामचन्द्र र शिवशंकरलाई घाटा लगाउने उम्मेदवारको रुपमा रहेको छ ।
सुखिपुर नगरपालिका–१ का वडाध्यक्षका एमाले उम्मेदवार रामबाबु यादव र वडा नं. ३ का वडाध्यक्षका उम्मेदवार फेकु यादव रास्वपामा प्रवेश गरेपछि एमालेलाई थप धक्का लागेको छ । यसले शिवशंकरलाई प्रत्यक्ष फाईदा हुने भएको छ ।
यसअघि पनि सुखीपुर नगरपालिका–५ का जसपाका वडाध्यक्ष उम्मेदवार शैलेन्द्र कामतीसहित जसपाका अन्य कार्यकर्ता र नेपाली कांग्रेसका केही कार्यकर्ता रास्वपामा प्रवेश गरेपछि उनको मतपरिणाम बदलिने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि शिवशंकर यादव घरदैलोमा व्यस्त छन् भने रामचन्द्र यादव कुल देखिएका छन् । सिरहा २ मा जसपा नेपालका उम्मेदवार संजीव कुमार यादवको पनि संगठन रहेको छ । यद्यपी, राजकिशोर यादवको पुरानो मत कहाँ जाने, किनबेच हुने, पुराना प्रतिनीधि मतको बार्गेनिँग गर्ने प्रवृतिले मतपरिणाम एक रात अगाडी बदलिने गरेको नजीर छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…