उद्योग वाणिज्य संघ जनकपुरका पूर्व अध्यक्ष महासेठ र जसपा नेपालका युवा नेता साह रास्वपामा
विशेषगरी जनकपुरधाम र महोत्तरी क्षेत्रमा यी नेताहरूको राजनीतिक र सामाजिक प्रभावलाई ध्यानमा राख्दा आगामी दिनमा रास्वपाको गतिविधि थप प्रभावकारी हुने देखिएको छ।

२०८२ माघ २१ बुधबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष जितेन्द्र महासेठ र उद्योग वाणिज्य सङ्घ जलेश्वर महोत्तरीका प्रत्याशी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता सन्तोष साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
देशमा वैकल्पिक राजनीतिको माग बढ्दै गएको, सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक अभ्यास आवश्यक रहेको बताउँदै उनीहरूले रास्वपामा आबद्ध हुने निर्णय गरेको बताएका छन्।
उद्योग, व्यापार र युवासँग प्रत्यक्ष सरोकार राख्ने यी नेताहरूको रास्वपामा प्रवेशले जनकपुर क्षेत्रमा पार्टीको संगठन विस्तार, राजनीतिक प्रभाव र जनआधार मजबुत हुने अपेक्षा गरिएको छ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले उनीहरुलाई रास्वपामा भित्र्याएका छन् ।
विशेषगरी जनकपुरधाम र महोत्तरी क्षेत्रमा यी नेताहरूको राजनीतिक र सामाजिक प्रभावलाई ध्यानमा राख्दा आगामी दिनमा रास्वपाको गतिविधि थप प्रभावकारी हुने देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…