न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता अजय झाले कुनै दलले टिकट नदिँदैमा कसैको विचार र राजनीति समाप्त नहुने बताएका छन्। तर टिकट नपाएको असन्तुष्टिलाई सिद्धान्तको आवरण ओढाएर वंशवादको बहस सुरु गर्नु नियतमाथि प्रश्न उठ्ने विषय भएको उनको भनाइ छ।
हाल जसपाबाट उम्मेदवार बनेकी मीनाक्षी ठाकुरलाई केवल ‘महन्थ ठाकुरकी छोरी’ भनेर चिनाउने प्रयास भइरहेकोप्रति टिप्पणी गर्दै झाले यसलाई आलोचना होइन, सजिलो बहाना मात्र भएको बताए। “यदि राजनीति वंशका आधारमा गलत हो भने, त्यो नियम सबैका लागि बराबर हुनुपर्छ,” उनले भने, “टिकट पाउँदा मौन बस्ने र नपाउँदा अचानक वंशवाद देख्ने प्रवृत्ति इमानदार हुन सक्दैन।”
उनले मीनाक्षी ठाकुर कुनै छायामा बसेकी पात्र नभएको उल्लेख गर्दै उनको उम्मेदवारी थरको निरन्तरता नभई विचार र युवाको प्रतिनिधित्व भएको दाबी गरे। थरको नाम लिएर योग्यतामाथि प्रश्न उठाउनु महिलामाथि गरिँदै आएको पुरानै राजनीतिक पूर्वाग्रहको निरन्तरता भएको झाको भनाइ छ।
“राजनीतिमा प्रश्न उठाउन र आलोचना गर्न पाइन्छ,” उनले भने, “तर आलोचना सिद्धान्तमा हुनुपर्छ, व्यक्तिगत कुण्ठामा होइन।” जसपा नेपालभित्रै बसेर वर्षौँसम्म पद, संरचना र अवसर उपभोग गरेका नेताहरूले अहिले आएर वंशवादको भाषण गर्नु जनताप्रति इमानदार व्यवहार नभएको उनको आरोप छ।
जनताले अब कसले अवसर पाउँदा मौन बस्यो र कसले अवसर गुमाउँदा सिद्धान्त सम्झियो भन्ने कुरा बुझिसकेको झाको भनाइ छ। “मीनाक्षी ठाकुरमाथि भइरहेको आक्रमण उनको कमजोरी होइन,” उनले थपे, “यो अरूको असहजताको संकेत हो।”
उनले अबको चुनाव थरका आधारमा होइन, काम र भूमिकाका आधारमा हुनुपर्ने उल्लेख गर्दै नाराभन्दा निरन्तरता, आरोपभन्दा योगदान आवश्यक रहेको बताए। “यही कारण मीनाक्षी ठाकुर जनताको भरोसाको उम्मेदवार हुन्,” झाले भने।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८२ माघ २२ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्



