न्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार सार्वजनिक विदा दिइएको छ । नेपाल सरकारको विदाहरुमध्ये भोली शुक्रबार शहिद दिवसको अवसरमा विदा रहने भएको छ ।
प्रत्येक बर्ष माघ १६ गते मनाउँदै आएको शहिद दिवसको अवसर पारेर सार्वजनिक विदा दिँदै आएको छ । भोली सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
यस्तै, आईतबार समेत सार्वजनिक विदा रहने भएको छ । मधेश प्रदेश सरकारले आईतबार रविदास जयन्तीको अवसर पारेर सार्वजनिक विदा दिएको हो ।
मधेश सरकार अन्तर्गतको गृह, सँचार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा मधेश प्रदेशभित्र बसोबास गर्ने दलित, अल्पसँख्यक, सीमान्तकृत समुदायले मनाउने रविदास जयन्तीको अवसर पारेर एक दिन सार्वजनिक विदा दिएको हो ।
आईतबार समेत मधेश प्रदेशको ८ वटै जिल्लामा सरकारी कार्यालयहरु बन्द रहने भएको छ । भोली शुक्रबार शहिद दिवस, पर्सी शनिबार नियमित सार्वजनिक विदा हुनेछ भने आईतबार समेत विदा रहने भएपछि लगातार तिनदिन विदा हुने भएको छ ।

प्रादेशिक अस्पताल जलेश्वरको मेसुमा डा. श्रीवास्तव नियुक्त
- २०८२ माघ १६ बिहीबार
न्यूज ब्यूरो, जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरको मेडिकल सुपरिटेन्डेन्टमा डा. रवि श्रीवास्तव नियुक्त भएका छन् । आईतबार उनलाई प्रादेशिक अस्पताल जलेश्वरको जिम्मेवारी दिइएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै
पूरा पढ्नुहोस्



