न्यूज ब्यूरो, बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिकामा भएको दोहोरो हत्याकाण्डमा चकित पार्ने तथ्य बाहिरिएको छ। आफ्नै सासू र श्रीमानको हत्या बुहारीकै योजनामा गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बाराको परवानीपुर गाउँपालिका–१ की ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या रामेश्वरकी २३ वर्षीया श्रीमती मानिता देवीको योजनामा भएको निष्कर्षमा प्रहरी पुगेको हो। घटनामा संलग्न एक युवकसहित मानिता देवीलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रहरीका अनुसार पक्राउ परेका युवक मानिताका पूर्वप्रेमी हुन्। उनी वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेका थिए। हत्या योजनासहित उनलाई नेपाल बोलाइएको र माघ १२ गते दुबईबाट काठमाडौं आइपुगेपछि सोही दिन बारा पुगेको अनुसन्धानबाट खुलेको छ।
हत्या ‘सुपारी’ दिएर गराइएको हो वा ती युवकले स्वयं हत्या गरेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मानिताका प्रेमीमार्फत कन्ट्र्याक्ट किलर प्रयोग गरिएको हुन सक्ने आशंका बलियो बन्दै गएको छ।
गएराति घरभित्रै सुमित्रा देवी र रामेश्वर मण्डलको घाँटीमा चक्कु प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको थियो। सोही घटनामा रामेश्वरका ५० वर्षीय बुबा जगरुप मण्डल र २० वर्षीया बहिनी रिणा कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान तीव्र पारिएको जानकारी दिँदै हत्यामा संलग्न एक व्यक्ति भारततर्फ फरार भएको आशंकामा खोजी कार्य जारी रहेको बताए। पक्राउ परेका मानिता देवी र ती युवक दुवैको शरीरमा सामान्य चोटपटक देखिएको पनि प्रहरीले जनाएको छ।
घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। प्रहरी थप प्रमाण संकलन गर्दै घटनाको सबै पाटो उजागर गर्न विस्तृत अनुसन्धानमा जुटेको छ।
प्रादेशिक अस्पताल जलेश्वरको मेसुमा डा. श्रीवास्तव नियुक्त
- २०८२ माघ १६ बिहीबार
न्यूज ब्यूरो, जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरको मेडिकल सुपरिटेन्डेन्टमा डा. रवि श्रीवास्तव नियुक्त भएका छन् । आईतबार उनलाई प्रादेशिक अस्पताल जलेश्वरको जिम्मेवारी दिइएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै
पूरा पढ्नुहोस्



